• गृहपृष्ठ
  • रियलको जितमा बेन्जेमाको उत्कृष्ट प्रदर्शन

रियलको जितमा बेन्जेमाको उत्कृष्ट प्रदर्शन

Jul 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार २७

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा आल्भेसलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा रियल मड्रिडले अलाभेसलाई २-० गोलले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा बेन्जेमा र एसेन्सियोले एक एक गोल गरे ।

बेन्जेमाले खेलको ११ औ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । बेन्जेमाले सो गोल पेनाल्टीमा गरेका हुन् । अलाभेसका जिमो नाभार्रोले फेर्ल्यान्ड मेन्डेलाई फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो। त्यसपछि खेलको ५१ औ मिनेटमा एसेन्सियोले गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारे । एसेन्सियोले सो गोल बेन्जेमाको पासमा गरेका हुन् । त्यसपछि कुनै गोल हुन सकेन र रियल मड्रिडले जित निकालेका हो ।

जितसंगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको छ । रियल मड्रिडको ३५ खेलबाट ८० अंक छ । समान खेल खेलेको बार्सिलोनाको ७६ अंक छ र लिगको दोस्रो स्थान । तेश्रो स्थानमा रहेको एलेटिको म्याड्रिडको ३५ खेलबाट ६३ अंक छ।

अब  लिगमा तीन चरणको खेल बाँकी छ। तीन मध्ये रियललाई उपाधिका लागि दुई खेलमा जित निकाले रियल च्याम्पियन बन्नेछ।