भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

Jul 10th, 2020

धनुषा, २६ असार

गणेशमानचारनाथ नगरपालिका-६ गोदार चौकस्थित ना.३ ख ७०४९ नम्बरको कन्टेनर भ्यानले बिहीबार बिहान ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीया महिलाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।