• गृहपृष्ठ
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

Jul 10th, 2020

काठमाडौं ,२६ असार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१८ ताम्सिपाखा बस्ने ४८ वर्षीय सुनिता चित्रकार र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् ।

प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी झुक्यानमा पारी विभिन्न मितिमा बिभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी २०७६ फागुन २६ गते उच्च अदालत पाटनबाट सुनितालाई ३ दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना तथा मनोजलाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सजाय हुने फैसला भएको थियो ।

उक्त सजाय वेरुजु रही फरार रहेका प्रतिवादीहरुमध्ये सुनितालाई बिहीबार लुकिछिपि बसिरहेको अवस्थामा स्वयम्भूबाट र मनोजलाललाई शुक्रवार रविभवन काठमाडौंमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ उनीहरुलाई फैसला कार्यान्वयनको लागि शुक्रवारै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।