• गृहपृष्ठ
  • अनुमानित २३ लाख मोजाम्बियाली एचआइभी सङ्क्रमित

अनुमानित २३ लाख मोजाम्बियाली एचआइभी सङ्क्रमित

Jul 10th, 2020

मापुटो, मोजाम्विक, २६ असार /सिन्ह्वा

पूर्वी अफ्रिकी मुलुक मोजाम्विकका अनुमानित करिब २३ लाख व्यक्तिमा एचआइभी सङ्क्रमित रहेका मोजाम्बिकको स्वास्थ्य मन्त्रालयले शुक्रबार उल्लेख गरेको छ ।

स्वास्थ्यमन्त्री अरमिन्दो टियागोले भन्नुभयो, “ मोजाम्विक विश्वमा एचआइभी सङ्क्रमण समस्या रहेका सबैभन्दा बढी प्रभावित आठमध्ये एउटा राष्ट्र हो ।”

एचआईभी सेवामा विश्वव्यापी पहुँचमा सुधार ल्याउने र मुलुकमा यस रोगबाट पीडित व्यक्तिहरूप्रति हुने कलंक घटाउने अभियान अन्तर्गत एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मोजाम्बिकमा सङ्क्रमितको सङ्ख्या निकै धेरै पुगिसकेकोले सचेतनामुलक अभियानद्वारा नागरिकलाई यसबाट बचाउन जरूरी रहेको बताउनुभयो ।

मेजाम्बिकमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढेसँगै सन् २०१६ मा ९०–९०–९० नाम दिइएको एउटा दीर्घकालीन कार्यक्रमको लक्ष्य निर्धारण गरिएको थियो । यस अन्तर्गत सन् २०२० सम्ममा एचआईभीको समस्यासँगै बाँच्न वाध्य ९० प्रतिशत मानिसहरूलाई उनीहरूको सेरोस्ट्याटस (रगतमा रहने सेरोलोजी नामक तत्व) जानकारी गराउने र सकारात्मक सोचका साथ उनीहरूलाई बाँच्न प्रोत्साहन गर्ने ९० प्रतिशत मानिसहरूको परीक्षण र उपचार गर्ने र ९० प्रतिशतलाई एन्टिरिट्रोभाइरल सेवा उपलब्ध गराउने कार्यक्रम ल्याएको थियो ।

“तथापि, एचआईभी र एड्स सम्बन्धी अनुमान मोडल स्पेक्ट्रमबाट प्राप्त तथ्याङ्कले मार्च २०२० सम्म मोजाम्बिकमा एचआईभी पीडित २३ लाख मानिसमध्ये ७४ प्रतिशतलाई आफ्नो सेरोलोजीको अवस्थाबारे जानकारी रहेको छ टियागोले बताउनुभयो ।

टियागोका अनुसार आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी राख्नसक्ने ५२ प्रतिशत व्यक्तिले स्वास्थ्य सुविधामा निःशुल्क एन्टिरिट्रोभाइरल उपचारबाट फाइदा लिइरहेका छन् तर तीमध्ये ४० प्रतिशतले सङ्क्रमणका कारण आफुलाई स्वास्थ्य समस्या रहेको महशुस गर्ने गर्छन् ।

एचआईभीको हेरचाह र उपचारका लागि बिरामीहरुको सोचले मुलुकको प्रयास र एचआईभीको सङ्क्रमणप्रति राष्ट्रिय प्रतिक्रियामा सम्झौता गर्ने प्रमुख चुनौतीमध्ये एक रहेको उहाँले बताउनुभयो ।