• गृहपृष्ठ
  • फिल्म ‘मेरो दिल’ को ‘उनी र म’ सार्वजनिक (भिडियो सहित )

फिल्म ‘मेरो दिल’ को ‘उनी र म’ सार्वजनिक (भिडियो सहित )

Jul 10th, 2020

काठमाडौ, असार २६

प्रेमकथानक फिल्म ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सोमबार बुढासुब्बा डिजिटलबाट सार्वजनीक गरिएको छ ।

प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ । रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर छन् ।

नवीन पन्तले निर्देशन गरेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई,हरि बस्नेत डिके लगायतले अभिनय गरेका छन् । बिनोद सापकोटाले खिचेको फिल्मको निर्मातामा गीता शर्मा,सलिना लामा,हरि शर्मा र टेरिसा खड्का छन् । फिल्म कोरोना महामारीपछि दर्शकमाझ ल्याइने जानकारी निर्देशक पन्तले दिएका छन् ।