• गृहपृष्ठ
  • सिभिल लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

सिभिल लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

Jul 10th, 2020

काठमाडौ, असार २६

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा आज शुक्रबार काठमाडौंमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारण सभामा का.मु. प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य दिएका थिए ।

सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उनले शुभकामना मन्तव्य राखेका थिए । सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ भने आ. व २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती गर्दै २०७६ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । यसै गरी सभाले विशेष प्रस्ताव अन्तर्गत चुक्ता पूंजीको ५ प्रतिशतले बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा श्री कृष्णप्रसाद अधिकारीज्यूलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाले हाल सम्म ४८ ओटा शाखाहरु मार्फत २७ ओटा जिल्लाहरुमा ३३ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिव १ अर्ब २८ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।