• गृहपृष्ठ
  • गायक चिरञ्जीवी भण्डारीको गीतमा दिपेन्द्रसंग सोनीका रोकायाको रोमान्स (हेर्नुहोस् भिडियाे)

गायक चिरञ्जीवी भण्डारीको गीतमा दिपेन्द्रसंग सोनीका रोकायाको रोमान्स (हेर्नुहोस् भिडियाे)

Jul 10th, 2020

काठमाडौ, असार २६

प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार साझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् ।

गीतमा शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् भने पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् । गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।