• गृहपृष्ठ
  • कोरोनाबाट ब्राजिलमा करिब ७० हजारको मृत्यु

कोरोनाबाट ब्राजिलमा करिब ७० हजारको मृत्यु

Jul 10th, 2020

रियो डे जानेरो,२६ असार /सिन्ह्वा

विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ ।

गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ । ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु र ४० हजार भन्दा बढी संक्रमित हुदै आएको छ ।