सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Jul 10th, 2020

काठमाडौं, २६ असार

ईलाम, माई नगरपालिका-१ पालटारस्थित सडकमा मे.१ त ७४४० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-८ फुलबारी बस्ने २१ वर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार सोही नगरपालिका-१ बस्ने ११ वर्षीय नितेश गिरीलाई उपचारको लागि बिएनसीसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सुर्खेत, भेरीगंगा नगरपालिका-३ डुङगे खोला मैनतडामा भे.१ त ६८६२ नम्बरको ट्याक्टरमा ढुङगा अनलोड गर्ने क्रममा ट्याक्टर चालक सोही नगरपालिका-१२ मासिना बस्ने २३ वर्षीय प्रकाश वलीको ट्रलीमा च्यापिएर मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।