• गृहपृष्ठ
  • राजस्व चुहावटको अभियोगमा दुुई वटा उद्योग बिरुद्ध छ करोडको बिगो सहित मुद्धा दायर

राजस्व चुहावटको अभियोगमा दुुई वटा उद्योग बिरुद्ध छ करोडको बिगो सहित मुद्धा दायर

Jul 10th, 2020

काठमाडौ, असार २६

राजस्व चुहावट गरेको अभियोगमा दुुई वटा उद्योग बिरुद्ध मुुद्धा दायर भएको छ । राजश्व अनुुसन्धान बिभाग हरिहर भवन पुल्चोकले राजस्व चुहावट गर्ने श्याम ग्लास इण्डष्ट्रिज (स्था.ले. नं. ३०३१६७९१९) र महाशक्ति गुट्खा उद्योग (स्था.ले. नं.३०५४३३५६७) बिरुद्ध छ करोड ६९ लाख रुपैयाँ विगो कायम गरी उक्त प्रतिवादीहरुबाट विगो असुल उपर गरी जरिवाना एवं कैद सजाय समेतको माग दावी लिई उच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरेको हो ।

सो मध्ये राजस्व चुहावट गर्ने श्याम ग्लास इण्डष्ट्रिज (स्था.ले. नं. ३०३१६७९१९) ले राजस्व चुहावट गरेको अभियोगमा छ करोड छ लाख २५ हजार दुई सय ८२ रुपैयाँ मात्र विगो कायम गरी उक्त विगो असूल उपर गरी जरिवाना र कैद समेतको माग दावी लिई यही असार २२ गते उच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरिएको बिभागले जनाएको छ ।

यसैगरी राजस्व चुहावट गर्नेको महाशक्ति गुट्खा उद्योग (स्था.ले. नं.३०५४३३५६७) ले राजस्व चुहावट गरेको अभियोगमा ६३ लाख आठ हजार सात सय छ रुपैया मात्र विगो कायम गरी उक्त विगो असूल उपर गरी जरिवाना र कैद समेतको माग दावी लिई यही असार २२ गते उच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरिएको बिभागले जनाएको छ ।

बिभागले मालवस्तु तथा ढुवानी साधनको अनुगमन गर्दा विल विजक प्रविष्टी नगरी कानुनको परिपालना नगरेको अभियोगमा विभिन्न फर्महरुलाई ३० लाख ७५ हजार जरिवाना गरेको समेत जनाएको छ ।