• गृहपृष्ठ
  • अवैध रुपमा ल्याउँदै गरेको युरिया मल सहित पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको युरिया मल सहित पक्राउ

Jul 10th, 2020

सप्तरी, असार २६

रुपनी गाउँपालिका १ राजबिराज रुपनी सडकबाट प्रदेश २-०१-००१ ह ०२५४ नम्बरको अटो रिक्सामा अवैध रुपमा लोड गरी ल्याउँदै गरेको करिब ११ हजार रुपैयाँ बराबरको युरिया मल सहित अटो चालक राजगढ गाउँपालिका-६ बस्ने ३१ वर्षीय धर्मदेव मिश्रलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरीले उक्त अटो सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।