• गृहपृष्ठ
  • सुनको मूल्यमा सामान्य गिरावट ,हेर्नुस् कति पुग्यो ?

सुनको मूल्यमा सामान्य गिरावट ,हेर्नुस् कति पुग्यो ?

Jul 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार २६

सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७६० मा झरेको छ । बिहीबार सुनको मूल्य बढेर हालसम्मकै उच्च रहेको थियो ।बिहीबार छापावाला प्रतितोला रु ९२ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ९६५ मा कारोबार भएको थियो ।

आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९८० निर्धारण गरेको छ । हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।