• गृहपृष्ठ
  • चर्को भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा

चर्को भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा

Jul 10th, 2020

काठमाडौँ, २६ असार

काठमाडौ उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधनको चेकजाँचमा कडाइ गरी पक्राउ गर्न थालेको छ ।
चार दिनयता उपत्यकामा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले बताए । उनले रातो प्लेटका निजी सवारी साधनले प्रयोजन विपरित यात्रुसँग भाडा लिएर नियम विपरित गरेको पाईएकोले पक्राउ गरिएको जानकारी दिए ।

बा १७ च ६७४२, बा १६ च २१७४, बा १७ च १५७२, प्र ३ च ३०७८, बा ३ च ५३९८, को १ च ९६०५, बा ५ च ७५५, बा ५ च ११४, बा १५ च ९६८०, बा १९ च २१८४, बा १५ च २७०६, बा १३ च ५३८५, बा १० च ११९२, बा २० च ४८७७, बा १ ञ ११२०, ज १ च १२६३ नम्बर भएका निजी सवारी साधनहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सुचनाको आधारमा ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचलाई पनि तीव्र बनाएको छ ।

प्रवक्ता एसपी बामदेव गौत्तमलेती सवारी साधनहरूलाई प्रयोजन विपरित कसुरमा ट्राफिक कारवाही गरी पुनस् सोही गल्ती नगर्न निर्देशन गरी छाडिएको बताए । उनले भने, ‘फेरि पनि रातो प्लेटमै भाडा लिएर यात्रु बोकेको पाइए कानुन अनुसार कडा कारबाही गरिनेछ ।’ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडाको काम गर्न नपाउने उल्लेख रहेको पनि छ ।