• गृहपृष्ठ
  • ईङ्लिस प्रियिमर लिग: युनाइटेडको शानदार जित

ईङ्लिस प्रियिमर लिग: युनाइटेडको शानदार जित

Jul 10th, 2020

काठमाडौं, असार २६

ईङ्लिस प्रियिमर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा युनाइटेडले भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज , मेसन ग्रिनवुड र पोग्बाले एक एक गोल गरे ।

ब्रुनो फर्नान्डेजले खेलको २७ औ मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । फर्नान्डेजले सो गोल पेनाल्टीमा गरेका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा मेसन ग्रिनवुडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । त्यसपछि ५८ औं मिनेटमा पाउल पोग्बाले तेस्रो गोल गर्दै जीत सुनिश्चित गरे ।

जितसँगै युनाइटेडको ३४ खेलबाट ५८ अंक छ । युनाइटेड लिगको पाँचौ स्थानमा छ ।

अन्य खेलमा एटर्भन र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडे ।  टोटनह्याम हटस्पर्स बोर्नेमाउथसँग गोलरहित बराबरीमा रोकियो