• गृहपृष्ठ
  • राप्रपा अध्यक्ष राणाद्धारा प्रकोप पिडितलाई यथाशिघ्र उद्धार र राहत सहयोग गर्न सरकारको ध्यानाकर्षण

राप्रपा अध्यक्ष राणाद्धारा प्रकोप पिडितलाई यथाशिघ्र उद्धार र राहत सहयोग गर्न सरकारको ध्यानाकर्षण

Jul 9th, 2020

काठमाडौ, असार २५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लामा भएको प्राकृतिक प्रकोपका पिडितलाई यथाशिघ्र उद्धार र राहत दिनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिन्धुपाल्चोक, बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै सरकारले छिटोभन्दा छिटो पीडित परिवारको उद्धार गरी राहतको व्यवस्था गर्नु पर्ने अध्यक्ष राणाले सरकारसँग जोडदार माग गरेका छन् ।

हिजो रातिको अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे जम्बु बजार डुबानमा परेको र पुलसमेत बगाएको, १४ घर डुबानमा परी १९ जना वेपत्ता भएको र दुई जनाको शव फेला परेको खबर र भोटेकोशी गाउँपालिका समेतको दुखःद क्षतिको खबरले मर्माहत भएको छु,’ बिहीबार एक वक्तव्य जारी गर्दै उनले भने ।

‘यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु,’ राणाले भने ।