• गृहपृष्ठ
  • ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट नियुक्त

Jul 9th, 2020

काठमाडौ, असार २५

ज्योति विकास बैंकको सञ्चालक समितिको बिहिबार बसेको बैठकल श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले यहि आउँदो साउन ७ गते बुधबार देखि आफ्नो ४ वर्षीय कार्यभार सम्हाल्ने बैंकले जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक , बीमा र रेमिट गरि आर्थिक क्षेत्रमा २ दशक भन्दा बढीको अनुभव रहेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए । भट्टको विभिन्न क्षेत्रमा उच्चस्तरिय र सशक्त अनुभव रहेको छ ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३५ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३० अर्व लगानी गर्न सफल भएको छ ।