• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारीद्धारा राजीनामा

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारीद्धारा राजीनामा

Jul 9th, 2020

काठमाडौ, असार २५

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएकाछन । क्षेत्रीले दिएको राजीनामालाई बैंक सञ्चालक समितीले स्वीकृत गरिसकेको छ । बैंक श्रोतका अनुसार प्रमुुख कार्यकारी क्षेत्रीले केही साता पहिले नै पदबाट राजीनामा दिएका थिए । पेन्डिङमा रहेको राजीनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको हो ।

बैकका अनुसार प्रमुुख कार्यकारी क्षेत्रीले आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय पहिला नै राजीनामा दिएका हुुन । प्रमुुख कार्यकारी क्षेत्रीले राजीनामा दिए पश्चात बैकका डेपुुटी सिइओ महेश ढकालले कामुु सिईओको जिम्वेवारी सम्हालेकाछन ।