• गृहपृष्ठ
  • सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू विक्री गर्न खोज्ने पक्राउ

सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू विक्री गर्न खोज्ने पक्राउ

Jul 9th, 2020

काठमाडौ, असार २५

सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थका पानाहरु बिक्री गर्न खोज्ने पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीका अनुसार बुुधबार अन्दाजी १५ः३० बजेको समयमा काठमाडौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं.१५ ढुंङ्गेअड्डा स्थितमा केही मानिसहरुलेलामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोड रुपैयाँमा खरिद बिक्री गर्न मोलमोलाई गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलिले मोलमोलाई गरिरहेको अवस्थामा सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ पाना १६ (सोह्र) सहित छ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिईकानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता केसीले बताएकाछन ।

प्रवक्ता केसीका अनुसार पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल न.पा वडा नं. ४ घर हुने बर्ष ३२ बर्षिय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखाल न.पा वडा नं. ३ घर हुने बर्ष ४२ बर्षिय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गा.पा वडा नं. १ घर हुने बर्ष ३१ बर्षिया सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गा.पा वडा नं. २ घर हुने बर्ष ३३ बर्षिया हरी बहादुर लामिछाने, काठमाडौको तारकेश्वर न.पा वडा नं. ११ घर हुने बर्ष ६४ बर्षिया राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गा.पा वडा नं. ८ घर हुने बर्ष ३४ बर्षिया रोशन तामाङ रहेकाछन । यसैगरी आफुु प्रहरी हुं भन्दै ठगी गर्दे हिड्ने एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ, हाल अपराध अनुसन्धान ब्युरोमा कार्यरत छु भनि विभिन्न मानिसहरुलाई विश्वास दिलाई झुक्यानमा पारी प्रहरी सहायक निरीक्षक बनाईदिन्छु भनि १९ लाख रुपैया ठगी गरेको उजुरीको आधारमा जिल्ला सि.पा. साबिक पाल्चोक गा.बि.स. वडा नं. २ हाल ऐ. हेलम्बु गा.पा. वडा नं. ३ घर भइ हा का.जि. का.जि. गोकर्णेश्वर न.पा. वडा नं.५ वस्ने वर्ष २२ को कृष्ण राम गिरीलाई महानगरिय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही असार २२ गते जोरपाटीबाट पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाइएको प्रवक्ता केसीले बताएकाछन ।

प्रवक्ता केसीका अनुसार गिरीले आफ्नो सामाजिक संजाल फेसबुक आई समेतमा लेखि ठगी गर्दे आएको खुल्न आएको र निजको कोठा खानतलासी गर्दा अफिसियल डायरी कृष्णराम गिरी बौद्ध, सिआईडी क्राईम इन्भेष्टीगेनस डिपार्टमेन्ट बौद्ध लेखिएको डायरी समेत वरामद भएको छ ।

यसबाहेक लकडाउनको मौका छोपी निजी सवारी साधनलाई बिभिन्न स्थानमा यात्रुहरु पुर्याई चर्को भाडा असुल्ने गरेको सूचनाका आधारमा आज बिहिबार सवारी चालक र सवारी धनी जिल्ला झापा शिवसताक्षी न.पा. ७ बस्ने बर्ष ४८ को श्याम बहादुर राईले आफ्नो नाममा रहेको स्कारपियो गाडी भाडामा लगाई चर्को रकम लिइरहेको र सोही कार्यमा संलग्न रही ग्राहक खोजिरहेको अवस्थामा जिल्ला झापा घर भई हाल का.जि. काम.न.पा. १६ बालाजु बस्ने बर्ष ४० को फणिन्द्र पाण्डेलाई का.जि. गोंगबुबाट पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाइएको प्रवक्ता केसीले बताएकाछन ।