• गृहपृष्ठ
  • काठमाडौंमा उपत्यकामा थपिए ५ सङ्क्रमित

काठमाडौंमा उपत्यकामा थपिए ५ सङ्क्रमित

Jul 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २५ असार

काठमाडौंमा थप ५ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ५ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ४ हजार ५८८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २४ हजार ४२५ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८ हजार ६०५ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।