नेप्सेमा झण्डै पाँच अंकले बृद्धि

Jul 9th, 2020

काठमाडौ, असार २५

आज बिहिबार नेप्से झण्डै पाँच अंकले बढेको छ । चार दसमलव ५७ अंकले बढेर नेप्से आज १३ सय ३१ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव ४७ अंकले बढेर दुुई सय ८० दसमलव ४१ अंकमा पुगेको छ । एक सय ७८ कम्पनीहरुको १४ हजार छ सय ६३ वटा कारोवारमा २२ लाख २६ हजार दुुई सय तीन कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ९० करोड ८० लाख ८६ हजार एक सय ९७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा बाँणिज्य बैंक र टे«डिङ समुहले गुमाएकाछन भने बाँकी १० वटा समुहले कमाएकाछन । जसमध्ये बिकास बैक समुहको सुचक पाँच दसमलव २४ अंकले बढेर १७ सय सात दसमलव १३ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ३९ दसमलव ५१ अंकले बढेर छ हजार एक सय ५७ दसमलव ५७ अंकमा पुुगेको छ । जीवन बीमा, जलबिद्युुत, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक आज बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा सुर्योदय लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा ग्लोवल आईएमई समुन्नत योजना परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।