• गृहपृष्ठ
  • बाढी पहिरो पिडित जनताको सेवामा जुटन कार्यकर्ताहरुलाई राप्रपा अध्यक्ष थापाको निर्देशन

बाढी पहिरो पिडित जनताको सेवामा जुटन कार्यकर्ताहरुलाई राप्रपा अध्यक्ष थापाको निर्देशन

Jul 9th, 2020

काठमाडौ, असार २५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बाढी पहिरोले पिडित जनताको सेवामा जुटन कार्यकर्ताहरुलाई निर्देशन दिएकाछन । बाढी पहिरोले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको घटना सार्वजनिक भए लगत्तै अध्यक्ष थापाले कार्यकर्ताहरुलाई उक्त निर्देशन दिएका हुुन ।

त्यस क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसंग आग्रह गर्दछु उनले भनेकाछन । साथै, पिडित जनताको सेवामा जुटन राप्रपाका कार्यकर्ताहरुलाई अनुरोध गर्दछ, उनले भने ।