• गृहपृष्ठ
  • सुआरेजको निर्णायक गोलमा बार्सिलोना विजयी,उपाधिको आशा कायमै

सुआरेजको निर्णायक गोलमा बार्सिलोना विजयी,उपाधिको आशा कायमै

Jul 9th, 2020

काठमाडौं, असार २५

स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना भिल्ला रियललाई पराजित गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले एस्पानियोललाई १–० ले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लुइस सुआरेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो । सुवरेजले खेलको ५६ औं मिनेटमा सो गोल गरेका हुन् । सोही गोल बार्सिलोनालाई ३ अंक दिलाउन पर्याप्त बन्यो । दोस्रो हाफको शुरुवातमा दुवै टोलीका एक–एक जना खेलाडीले रातो कार्ड पाएका थिए । दुवै टिमले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेका थिए ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा कायम रहेको छ । बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलको रियलको ७७ अंक छ र लिगको शीर्ष स्थानमा छ ।तेस्रो स्थानको एट्लेटिको ३५ खेलबाट ६३ अंक छ ।पराजित एस्पानियोल भने यो सिजन रेलिगेशनमा परेको छ ।