नेप्से आज घट्यो

Jul 8th, 2020

काठमाडौ, असार २४

आज बुुधबार नेप्से घटेको छ । नेप्से आज १० दसमलव १३ अंकले घटेर १३ सय २६ दसमलव ५३ अंकमा पुुग्दा सेन्सिटिभ दुुई दसमलव ६४ अंंकले घटेर दुुई सय ७९ दसमलव ९५ अंकमा पुुगेको छ । आज एक सय ७९ कम्पनीहरुको १९ हजार पाँच सय ४१ वटा कारोवारमा २९ लाख ७७ हजार सात सय छ कित्ता किनबेच हुुंदा सेयर कारोवार रकम एक अर्ब सात करोड ८४ लाख ६२ हजार दुई सय ४१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको हुुं्रदा दुुई वटा समुहले कमाएकाछन भने १० वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ७९ अंकले घटेर ११ सय २४ दसमलव ८५ अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि आठ दसमलव ६८ अंकले घटेर नौ सय ५२ दसमलव २४ अंकमा पुुगेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सुर्योदय लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा तारागाउँ रेजिडेन्सी होटल परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।