• गृहपृष्ठ
  • गायिका जितु लोप्चन र प्रशान्तको ‘एला लीला’ बजारमा

गायिका जितु लोप्चन र प्रशान्तको ‘एला लीला’ बजारमा

Jul 8th, 2020

काठमाडौ, असार २४

तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ र मोडल पुर्णिमा लामा थोकर अभिनित ‘एला लीला’ बोलको गीत बजारमा आएको छ ।

गीतमा आशिक तामाङको शब्द, चर्चित गायक एंव संगीतकार कर्साङ लामाको संगीत,मिक्सिङ र एरेन्ज रहेको छ भने चर्चित गायिका जितु लोप्चन र प्रशान्त दोङको आवाज रहेको छ । भिडियोमा गंगा राम राईको छायांकन, राजु दोङ्ले कलर, हेरुका लामाको कोरोयोग्राफि, बिक्रम गौतमको मेकअप रहेको छ भने उनै महानायक दोङ्को निर्देशन र सम्पादन रहेको छ ।