• गृहपृष्ठ
  • इटालियन सिरि ‘ए’: युभेन्ट्स एसी मिलानसंग ४–२ ले पराजित

इटालियन सिरि ‘ए’: युभेन्ट्स एसी मिलानसंग ४–२ ले पराजित

Jul 8th, 2020

काठमाडौं, असार २४

इटालियन सिरि ‘ए’ मा शीर्ष स्थानको युभेन्ट्स एसी मिलानसंग पराजित भएको छ। मंगलबार राति भएको खेलमा युभेन्ट्सलाई एसी मिलानले ४–२ ले पराजित गरेको हो ।

एसी मिलानको जितमा ईब्राहिमोभिच,फ्रेन्क किसी ,राफेल लिओ र एन्टी रेबिकले एक-एक गोल गरे भने युभेन्टसको एड्रियन रोबोट र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरिमा सकियको थियो । खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो ।

खेलमा पहिलो अग्रता युभेन्ट्सलेनै लिएको थियो । खेलको ४७ औँ मिनेटमा युभेन्टसका एड्रियन रोबोटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

त्यसपछि एसी मिलानले लगातार ४ गोल गरेको हो । ६२ औं मिनेटमा ईब्राहिमोभिचले पेनाल्टीमा गोल गरे त्यसको ५ मिनेटको अन्तरमा फ्रेन्क किसी र राफेल लिओले गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा एन्टी रेबिकले गोल गर्दै एसी मिलानको जीत सुनिश्चित गरे । त्यसपछि कुनै गोल हुन सकेन र एसी मिलानले जित निकालेका हो ।

जितसँगै एसी मिलानको ३१ खेलबाट ४९ अंक छ । मिलान लिगको पाँचौ स्थानमा छ । पराजित भए पछि पनि युभेन्टस लिगको शीर्षस्थानमा छ । युभेन्टसको ३१ खेलबाट ७५ अंक छ । समान खेल खेलेको लाजियोको ६८ अंक सहित लिगको दोश्रो स्थानमा छ।