• गृहपृष्ठ
  • नेप्सेमा एकै दिन एक अर्ब २१ करोडको सेयर कारोवार

नेप्सेमा एकै दिन एक अर्ब २१ करोडको सेयर कारोवार

Jul 7th, 2020

काठमाडौ, असार २३

नेप्से आज मंगलबार पुरै हरियो भएको छ । नेप्से ३७ दसमलव ९३ अंकले बढेर १३ सय ३६ दसमलव ६६ अंकमा पुुग्दा सेन्सिटिभ पनि छ दसमलव ७१ अंकले बढेर दुुई सय ८२ दसमलव ५९ अंकमा पुुगेको छ । आज एक सय ७८ कम्पनीहरुको १८ हजार एक सय ४० वटा कारोवारमा २८ लाख ८३ हजार नौ सय ४८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब २१ करोड २४ लाख २६ हजार दुुई सय ६७ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव ८३ अंकले बढेर ११ सय ३५ दसमलव ६४ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेर हरियो भएको छ ।

कमाउने कम्पनीको सुचीमा आज मञ्जुुश्री फाईनान्स पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा खानीखोला हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।