• गृहपृष्ठ
  • विश्वमै धेरै भीड हुने फ्रान्सको लुवर सङ्ग्रालय पुनः खुल्ला ,सोमबार झण्डै सात हजार मानिसले सङ्ग्रालय भ्रमण गरे

विश्वमै धेरै भीड हुने फ्रान्सको लुवर सङ्ग्रालय पुनः खुल्ला ,सोमबार झण्डै सात हजार मानिसले सङ्ग्रालय भ्रमण गरे

Jul 7th, 2020

पेरिस, २२ असार /सिन्ह्वा

विश्वकै अत्यधिक धेरै मानिस जाने मानिने फ्रान्सको लुवर सङ्ग्रालय झण्डै साढे तीन महिनापछि पुनः खुलेको छ ।

कोरोनाभाइरसको सङ्क्रमणको खतरा बढ्दै गएपछि बन्द गरिएको सङ्ग्रालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो ।

पुनः खुल्ला गरिएपछिको पहिलो दिनमा सोमबार झण्डै सात हजार मानिसले सङ्ग्रालय भ्रमण गरेको जनाइएको छ । जवकी कोरोनाभाइरसको सङ्क्रमण फैलिनु अघिसम्म दैनिक ३० हजार मानिसले सङ्ग्रालयको भ्रमण गर्ने गरेका थिए ।

सङ्ग्रालयमा आउनेहरुलाई मास्क लगाउन अनिवार्य गरिएको सङ्ग्रालयका अध्यक्ष तथा निर्देशक जेन लुक मार्टिनेजले जानकारी दिनुभयो ।

हरेक चरणमा ५०० आगन्तुकहरुलाई व्यवस्थापन गर्ने गरिएको उहाँले बताउनुभयो । त्यसका लागि उनीहरुलाई आधारभूत स्वास्थ्य सतर्कता र मापदण्डहरु पुरा गर्नै पर्ने व्यवस्था पनि गरिएको उहाँको भनाइ छ ।

आगन्तुकहरुलाई बस्ने ठाउँमा सामाजिक दुरी कायम हुनेगरी व्यवस्था गरिएको र एकातिरबाट जाने र अर्कोतिरबाट निस्कने व्यवस्था गरिएको छ । एउटै बाटोमा फर्केर हिड्न नपाइने नियम लगाइएको मार्टिनेजले बताउनुभयो ।

चर्चित यस सङ्ग्रालय गत मार्च महिनाको १३ तारिखदेखि बन्द रहेको थियो । बन्दका कारण दशौँ लाख टिकट विक्रीबाट हुने आम्दानी गुमेको र धेरै टिकटहरु फिर्ता गर्नु परेको पनि उहाँले जानकारी दिनुभयो ।

सङ्ग्रालयमा युरोपेली देशबाहेक चीन, दक्षिण कोरिया, जापान, अमेरिका, ब्राजिललगायतका देशबाट आउने आगन्तुकहरु नदेखिएको पनि उहाँले बताउनुभयो ।