उच्च अंकले बढ्यो नेप्से

Jul 6th, 2020

काठमाडौ, असार २२

आज सोमबार नेप्से उच्च अंकले बढेको छ । नेप्से ३३ दसमलव २७ अंकले बढेर १२ सय ९८ दसमलव ७३ अंकमा पुुगेको पुुग्दा सेन्सिटिभ पनि छ दसमलव तीन अंकले बढेर दुुई सय ७५ दसमलव ८८ अंकमा पुुगेको छ । आज एक सय ७६ कम्पनीहरुको १७ हजार तीन सय ८४ वटा कारोवारमा २७ लाख ३१ हजार चार सय ९८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९२ करोड ७८ लाख ४१ हजार तीन सय २९ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष बाहेक बाँकी सबै समुहको सुचक बढेकाछन । जसमध्ये मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव २९ अंकले बढेर ११ सय नौ दसमलव ८१ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ७४ दसमलव चार अंकले बढेर पाँच हजार सात सय ८२ दसमलव ७३ अंकमा पुगेको छ । बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

बढी कमाउने कम्पनीको सुचीमा आज ग्लोवल आईएमई लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा राधी जलबिद्युुत कम्पनी परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।