• गृहपृष्ठ
  • च्याम्पियन लिभरपुलसँग एस्टन भिल्ला २-० ले पराजित

च्याम्पियन लिभरपुलसँग एस्टन भिल्ला २-० ले पराजित

Jul 6th, 2020

काठमाडौं, असार २२

यस सिजनको प्रिमियर लिगको विजेता लिभरपुलले एस्टन भिल्लालाईसँग सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० ले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने र कुर्टिस जोन्सले एक-एक गोल गरे । लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफ गोल रहित बराबरिमा सकियको थियो ।खेलको ७१ औँ मिनेटमा लिभरपुलका साडियो मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ८९ औं मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै अग्रता दोब्बर पारे ।कुर्टिस जोन्सले गरेको सो गोलनै खेलको अन्तिम गोल हुन पुग्यो । ।त्यसपछि कुनै गोल हुन सकेन र लिभरपुलले जित निकालेका हो ।

जितसँगै शीर्ष स्थानको लिभरपुलको ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी सँग २३ अंकको अग्रता बनाएको छ । समान खेलबाट दोस्रो स्थानको सिटीको ६६ अंक छ। तेश्रो स्थानमा रहेको लीस्टर सिटीको समान खेलबाट ५८ अंक छ।