बार्सिलोनाको शानदार जित

Jul 6th, 2020

काठमाडौं, असार २२

स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना भिल्ला रियललाई पराजित गरेको छ।
गएराति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ४–१ ले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लुइस सुआरेज, एन्टोइन ग्रिजमान र अंशु फाटिले एक-एक गोल गरे भने एक आत्मघाति गोल पाएको थियो । भिल्ला रियलका जेरार्ड मोरेनोले एक गोल गरे ।

भिल्ला रियलका पउ टोरेसले खेलको ३ औँ मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो । त्यसको ११ औँ मिनेटपछि भिल्ला रियलका जेरार्ड मोरेनोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको २० औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । सुआरेजले लियोनेल मेस्सीको पासमा सो गोल गरेका हुन् । त्यसपछि ४५ औँ मिनेटमा एन्टोइन ग्रिजमानले गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । ग्रिजमानले पनि लियोनेल मेस्सीको पासमा सो गोल गरेका हुन् । दोस्रो हाफको ८७ औँ मिनेटमा अंशु फाटिले गोल गर्दै जीत सुनिश्चित गरे । त्यसपछि कुनै गोल हुन सकेन र बार्सिलोनाले ४–१ को जित निकालेका हो ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा कायम रहेको छ । बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ । समान खेल खेलको रियलको ७७ अंक छ र लिगको शीर्ष स्थानमा छ ।तेस्रो स्थानको एट्लेटिको ३४ खेलबाट ६२ अंक छ ।