• गृहपृष्ठ
  • रामोसको गोलमा रियल मड्रिड विजयी,बार्सिलोनासँग ७ अंकको अग्रता

रामोसको गोलमा रियल मड्रिड विजयी,बार्सिलोनासँग ७ अंकको अग्रता

Jul 5th, 2020

काठमाडौं, असार २१

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा बिल्बाओलाई पराजित गरेको छ । आइतबार भएको खेलमा रियल मड्रिडले बिल्बाओलाई १-० गोलले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा निर्णायक गोल गरे । रामोसले ७३ औं मिनेटमा सो गोल गरेका हुन्। रियलका मार्सेलोलाई बिल्बाओका ड्यानी गार्सियाले लडाएपछि रियलले पेनाल्टी पाएको थियोे।

जितसंगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग सात अंकको अग्रता बनाएको छ । रियल मड्रिडको ३४ खेलबाट ७७ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ७० अंक छ र लिगको दोस्रो स्थान । तेश्रो स्थानमा रहेको एलेटिको म्याड्रिडको ३४ खेलबाट ६२ अंक छ।