नेप्सेमा सात अंकको बृद्धि

Jul 5th, 2020

काठमाडौ, असार २१

आज आईतबार नेप्से सात दसमलव ७७ अंकले मात्र बढेर १२ सय ६३ दसमलव ६८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दसमलव ३१ अंकले बढेर दुुई सय ६९ दसमलव ३४ अंकमा पुुगेको छ । आज एक सय ७२ वटा कम्पनीहरुको २० हजार चार सय ७४ वटा कारोवारमा २८ लाख छ हजार आठ सय ९८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब तीन करोड ३९ लाख ९० हजार दुई सय ३१ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक घटेको छ भने सात वटाको बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ७१ अंकले बढेर एक हजार ८५ दसमलव ८७ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक २७ दसमलव तीन अंकले बढेर पाँच हजार पाँच सय आठ दसमलव ३४ अंकमा पुुगेको छ । लघुुबित्त, जीवन बीमा, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक बढेकाछन भने बिकास बैंक, जलबिद्युुत, टे«डिङ, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन ।

कमाउने कम्पनीको सुचीमा सुर्योदय लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा साल्ट टे«डिङ कर्पोरेसन परेको छ । रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।