• गृहपृष्ठ
  • साधना लघुबित्तको सात करोड रुपैयाँको साधारण सेयर आजबाट

साधना लघुबित्तको सात करोड रुपैयाँको साधारण सेयर आजबाट

Jul 5th, 2020

काठमाडौ, असार २१

साधना लघुुबित्त बित्तीय संस्थाले साधारण सेयर बिक्री खुल्ला गरेको छ । संस्थाले आज आईतबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको सात करोड सात लाख ८० हजार रुपैयाँ बराबरको सात लाख सात हजार आठ सय कित्ता साधारण सेयको बिक्री खुल्ला गरेको हो ।

संस्थाका अनुसार ग्लोवल आईएमई क्यापिटल मार्फत खुल्ला भएको साधारण सेयरको बिक्री कार्य छिटोमा असार २४ गते र ढिलोमा साउन चार गते बन्द हुुने छ । बिक्री खुल्ला गरिएको कुुल सेयर मध्येमा शुन्य दसमलव ५० प्रतिसत अर्थात १० हजार आठ सय ९० कित्ता कर्मचारीहरुको लागि एवं पाँच प्रतिसत अर्थात ३५ हजार तीन सय ९० कित्ता सामुुहिक लगानी कोषको लागि छुुट्याईएको छ । यसबाहेकको बाँकी सेयर भने सर्वसाधारणको लागि बिक्री गरिने संस्थाले जनाएको छ ।

सर्वसाधारणहरुले न्युुनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।