• गृहपृष्ठ
  • इटालियन सिरि ‘ए’: युभेन्ट्सको शानदार जित , ७ अंकको अग्रता

इटालियन सिरि ‘ए’: युभेन्ट्सको शानदार जित , ७ अंकको अग्रता

Jul 5th, 2020

काठमाडौं, असार २१

इटालियन सिरि ‘ए’ मा युभेन्ट्सले टोरिनोलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४–१ ले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो , पाब्लो डिबाला र र जुवान कोर्डाडोले एक-एक गोल गरे भने युभेन्टसले एक आत्मघाति गोल पाएको थियो । टोरिनोको बेलोट्टीले एक गोल गरे ।

खेलको ३ औँ मिनेटमा युभेन्टसका पाब्लो डिबालाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। २९ औँ मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी टाइममा  टोरिनोका एन्ड्रेया  बेलोट्टीले पेनाल्टीमा एक गोल फर्काए । । त्यसपछि ६१ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले फ्रिकिकबाट  गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । रोनाल्डोले फ्रिकिकबाट गरेको यो ४६औं गोल हो । रोनाल्डोले यसअघि रियल मड्रिडका लागि ३२ र म्यानचेष्टर युनाइटेडका लागि १३ गोल गरेका थिए । रोनाल्डो सन् १९६१ पछि सिरिए ए को एउटै सिजनमा युभेन्टसका लागि २५ गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । ६० वर्ष अघि ओमार सिभोरीले एकै सिजन २५ गोल गरेका थिए  ।  खेलको ८७ औं मिनेटमा टोरिनोका कोफीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले ४-१ को जित निकालेको हो ।

जितसँगै युभेन्टसले लिगको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३० खेलबाट ७६ अंक छ । समान खेल खेलेको लाजियोको ६८ अंक सहित लिगको दोश्रो स्थानमा छ। तेश्रो स्थानमा रहेको इन्टर मिलानको २९ खेलबाट ६४ अंक छ।