• गृहपृष्ठ
  • सुन्दर परियारको आवाजमा “पापिनी ले गयौ छलेर ”(हेर्नुहोस् भिडियाे)

सुन्दर परियारको आवाजमा “पापिनी ले गयौ छलेर ”(हेर्नुहोस् भिडियाे)

Jul 3rd, 2020

काठमाडौ, असार १९

नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

मायालु जोडिको विरहको अवस्थालाई गीतमा समेटिएको छ । हजारौ सपना मनमा सजाएर राखेकी आफनी प्रेमीकालाई अर्काको अगांलोमा बाधिएको देख्नमा मनमा परेको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । रमेश विजीको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । प्रेमीकाको चोटमा जिवन विताउनु पर्दाको क्षणलाई गीतमा निकै मनछुने भाकामा निर्माण गरिएको छ ।

दिपक गिरीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन तथा एल वी जिको निर्देशन भिडियोमा रहेको छ । ”पापिनी ले गयौ छलेर ” गीतको भिडियोमा सम्झना कडेँल, आशिर प्रताप र अर्जुन कुँवरको लोभलाग्दो अभिनय रहेको छ ।