• गृहपृष्ठ
  • नेपाली कथानक चलचित्र दानराज आगामी भदौमा छायाँकन हुदैं

नेपाली कथानक चलचित्र दानराज आगामी भदौमा छायाँकन हुदैं

Jul 3rd, 2020

काठमाडौ, असार १९

डि एस डिजिटल सिनेमाको ब्यानरमा नेपाली कथानक चलचित्र दानराज निमार्ण हुने चलचित्रका प्रस्तुत कर्ता शंकर अधिकारी घायलले बताए ।

आगामी भदौबाट छायांकन जाने तयारीका साथ तयारी भइरहेको चलचित्रका निर्माता शत्रुघन अन्सारीले बताए । चलचित्रमा कोहि पनि मानिस रहरले अपराधी बन्दैन किन र कसरी बन्छन त अपराधी यहि सेरोफेरोमा कथा घुमेको बताइएको छ । समाजभित्रको अपराधिक घटनालाई मुख्य रुपमा चित्रण चलचित्रमा गरिने भएको छ ।

दानराज चौलागाईं को मुख्य भुमिका रहने चलचित्रमा रेश्मा घिमिरे र सबिन केसि यसै चलचित्रबाट डेब्यु गर्दैछन। सागर गुरु चौलागाईं, रबि खड्का , गङा कुवर, करुणा श्रेष्ठ , रबिन श्री, शत्रुघन अन्सारी को अभिनय रहने छ भने अन्य कलाकार को छ्नौट प्रक्रिया भैरहेको निमार्ण पक्षले बताएको छ ।

देव महर्जन को द्वन्द, सन्दिप भुजेल र राम केसि को नृत्य सुरेस अधिकारी, बाबुल गिरी र मिलन तिमिल्सिनाको संगीतमा नित्याशिवा, सुरेश अधिकारी, बाबुल गिरी को आवाज रहने छ ।