• गृहपृष्ठ
  • संजय श्रीपालको आवाजमा घर बिगारा २ (भिडियाे सहित)

संजय श्रीपालको आवाजमा घर बिगारा २ (भिडियाे सहित)

Jul 3rd, 2020

काठमाडौ, असार १९

बिश्व अहिले कोरोना भाइरसको महामारीमा फसेको छ । यो अवस्थामा पिंडा सबैलाई भएता पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीहरु बिदेशिनज बाध्य बनेकाछन् । राज्यले ब्यरोजगारी समस्याको समाधान गर्नुको सट्टा अहिलेको सक्रमणको घडीमा बाध्यतावस परदेशिएका नेपालीहरुलाई उद्धार गर्न समेत नसकिरहेको गुनासाहरु सुन्न सकिन्छ ।

यी र यस्तै परिस्थितिलाई केन्दित गर्दै नेपाली गीत संगीतको क्षेत्रमा बेलाबखत बिभिन्न गीतह? आइरहेका हुन्छन् । सोहि क्रममा भर्खरै मात्र असंख्य श्रोता तथा दर्शकह?को रोजाईमा आधारित रहेर समाजको बास्तविक जिवन भोगाईलाई आधार बनाइएको घर बिगारा गीतको भिडियो डिजिटल बजारमा सार्वजनिकभएको छ । गायक संजय श्रीपालको आवाजमा रहेको गीत बजारमा आए सगै चर्चाको शिखरमा रहेको छ । विदेशमा धन कमाउनको लागि गएको श्रीमानलाई श्रीमतीले घात गर्दाको पिडालाई गीतमा समेटिएको छ ।

संजय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । रामु विरहीको छायाँकन तथा मनोज कार्कीको सम्पादन र संजय श्रीपालीको निर्देशन भिडियोमा रहेको छ । “घर बिगारा २ ” गीत विशुद्धरुपमा संजय श्रीपाल, कुशल सुनार , पुष्पा रसाइली , प्रेम सिंह र चम्पा देवीको अभिनय गीतमा रहेको छ ।