• गृहपृष्ठ
  • च्याम्पियन लिभरपुल म्यान्चेस्टर सिटीसँग ४-० ले पराजित

च्याम्पियन लिभरपुल म्यान्चेस्टर सिटीसँग ४-० ले पराजित

Jul 3rd, 2020

काठमाडौं, असार १९

यस सिजनको प्रिमियर लिगको विजेता लिभरपुलले म्यान्चेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको हो ।

सिटीको जितमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे भने सिटीले एक आत्मघाति गोल पाएको थियो ।

खेलको २५ औँ मिनेटमा सिटीका केभिन डी ब्रुईनीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ब्रुईनीले सो गोल पेनाल्टीमा गरेका हुन् । त्यसको १० मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । फिल फोडेनले पहिलो हाफको अन्तिम समयमा तेस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफको ६६औँ मिनेटमा लिभरपुलका चेम्बरलियनले आफ्नै पोस्टमा गोल गरेपछि सिटी ४–० ले अघि बढेको थियो ।

हारपछि पनि लिभरपुलको दोस्रो स्थानको सिटीभन्दा अझै २० अंकको अग्रता छ । लिभरपुलको ३२ खेलबाट ८६ अंक छ भने समान खेलबाट दोस्रो स्थानको सिटीको ६६ अंक छ।

बिहीबार नै अर्को खेलमा सेफिल्ड युनाइटेडले टोटनह्याम हटस्पर्सलाई ३(१ ले पराजित गरेको छ। सेफिल्ड लिगको सातौँ स्थानमा रहेको छ भने टोटनह्याम लिगको नवौँ स्थानमा छ ।