• गृहपृष्ठ
  • रामोसको गोलमा रियल मड्रिड विजयी, बार्सिलोनासँग चार अंकको अग्रता

रामोसको गोलमा रियल मड्रिड विजयी, बार्सिलोनासँग चार अंकको अग्रता

Jul 3rd, 2020

काठमाडौं, असार १९

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ । गए राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १-० गोलले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा कप्तान सर्जियो रामोसले ७९ औं मिनेटमा पेनाल्टीमा गोल गरे । गेटाफेका मथियास ओलिभेराले रियलका ड्यानी कार्भान्जललाई फउल गरेपछि रियलले पेनाल्टी पाएको थियोे।

जितसंगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता बनाएको छ । रियल मड्रिडको ३३ खेलबाट ७४ अंक छ । समान खेलबाट बार्सिलोनाको ७० अंक छ र लिगको दोस्रो स्थान ।