नेप्से १२ः४० मा नै बन्द भयो

Jul 2nd, 2020

काठमाडौ, असार १८

नेप्सेको निर्धारित कारोवार समय ११ बजेदेखि तीन बजेसम्म तोकिएको भएपनि आज बिहिबार नेप्से १२ः४० बजे नै बन्द भएको छ । कारोवार खुुलेको केही समयदेखि नै नेप्से निरन्तर ओरालो लागेपछि तीन पटकको सर्किट ब्रेक पश्चात नेप्से १२ः४० बजेदेखि दिनभरको लागि बन्द भएको हो ।

नेप्से आज ८० दसमलव ४१ अंकले घटेर १२ सय ५६ दसमलव ११ अंकमा पुग्दा सेन्सिटिभ पनि १७ दसमलव ९९ अंकले घटेर दुुई सय ६९ दसमलव तीन अंकमा पुुगेको छ । आज एक सय ४१ वटा कम्पनीहरुको आठ हजार चार सय नौ वटा कारोवारमा १० लाख ६१ हजार आठ सय ९० कित्ता सेयर खरिद बिक्री हुंंदा कारोवार रकम ४७ करोड ६६ लाख ५४ हजार नौ सय ७१ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष बाहेक बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ८७ दसमलव १४ अंकले घटेर एक हजार ८५ दसमलव १७ अंकमा पुुगेकोमा बिकास बैंक समुहको सुचक पनि ७६ दसमलव ३५ अंकले घटेर १६ सय ७१ दसमलव चार अंकमा पुुगेको छ । जलबिद्युत, उत्पादनमुुलक, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, अन्य र लघुुबित्त समुहको सुचक पनि घटेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समिट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सोल्टी होटल समुह परेको छ । रकम कारोवारको आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।