• गृहपृष्ठ
  • नेप्सेमा सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से

नेप्सेमा सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से

Jul 1st, 2020

काठमाडौ, असार १७

आज बुुधबार एकैदिन नेप्से ७५ दसमलव ७७ अंकले बढेर १३ सय ३६ दसमलव ५२ अंकमा पुुगेको छ भने सेन्सिटिभ १५ दसमलव एक अंकले बढेर दुुई सय ८७ दसमलव एक अंकले बढेर दुुई सय ८७ दसमलव दुुई अंकमा पुुगेको छ । आज एक सय ३५ कम्पनीहरुको तीन हजार आठ सय ९० वटा कारोवारमा ११ लाख एक हजार दुुई कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकबम ४० करोड ७३ लाख ५२ हजार दुुई सय ४७ रुपैयाँ पुुगेको छ । आज नेप्से खुुलेको पहिलो केही मिनेट देखि नै नेप्से उच्च अंकले बढेपछि तीन पटक सर्किट ब्रेक लगाईएको छ । कारोवार खुुलेको पहिलो १३ मिनेटमा नै चार प्रतिशत बढेर २० मिनेटको लागि बन्द भएको नेप्से ३५ मिनेटमा पुुन ५ प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको थियो । सो पश्चात ९ मिनेट कारोबार हुँदा नेप्से सूचक थप १ प्रतिशतले बढेपछि आजको लागि बजार बन्द भएको हो ।

घटेर १४ सय ७७ दसमलव २६ अंकमा पुगेकोमा भएपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ८२ दसमलव तीन अंकले बढेर ११ सय ७२ दसमलव ३० अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक ५७ दसमलव छ अंकले बढेर १७ सय ४७ दसमलव ३९ अंकमा पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि आज तीन सय २२ दसमलव ४१ अंंकले बढेर पाँच हजार छ सय ५९ दसमलव ३५ अंकमा पुुगेकोमा जीवन बीमा समुहको सुचक पनि पाँच सय ४८ दसमलव ५३ अंकले बढेर सात हजार नौ सय ३० दसमलव ५७ अंकमा पुुगेको छ । यसबाहेक जलबिद्युुत, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेशनल माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ । बढी रकम कारोवारका आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।