• गृहपृष्ठ
  • इटालियन सिरि ‘ए’: युभेन्ट्सको शानदार जित ,रोनाल्डोको उत्कृष्ट गोल

इटालियन सिरि ‘ए’: युभेन्ट्सको शानदार जित ,रोनाल्डोको उत्कृष्ट गोल

Jul 1st, 2020

काठमाडौं, असार १७

इटालियन सिरि ‘ए’ मा युभेन्ट्सले जेनोलाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा युभेन्ट्सले जेनोलाई ३–१ ले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो , पाब्लो डिबाला र ड्युगलस कोस्टाले एक-एक गोल गरेका हुन्। युभेन्टसले सबै गोल दोस्रो हाफमा गरेको थियो । जेनोका लागि एन्ड्रिया पिनामोन्टीले एक गोल गरे ।

खेलको ५० औँ मिनेटमा युभेन्टसका पाब्लो डिबालाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। डिबालाले सो गोल एकल प्रयासमा गरेका हुन् । त्यसको ६ मिनेटमा रोनाल्डोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । सो गोल रोनाल्डोको यो सिजनको लिगमा २४ औं गोल हो।

त्यसपछि ७३ औ मिनेटमा ड्युगलस कोस्टाले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । त्यसको ३ मिनेटमा जेनोका लागि एन्ड्रिया पिनामोन्टीले एक गोल फर्काए । त्यसपछि कुनै गोल हुन सकेन र युभेन्टसले जित निकालेका हो ।

जितसँगै युभेन्टसले लिगको शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । युभेन्टसको २९ खेलबाट ७२ अंक छ । समान खेल खेलेको लाजियोको ६८ अंक सहित लिगको दोश्रो स्थानमा छ। तेश्रो स्थानमा रहेको इन्टर मिलानको २८ खेलबाट ६१ अंक छ। गए राति दोस्रो स्थानमा रहेको लाजियोले टोरिनोलाई २-१ ले पराजित गरेको छ ।