नेप्से ७२ अंकले बढ्यो

Jun 30th, 2020

काठमाडौ, असार १६

नेप्से आज मंगलबार एकै दिन ७२ अंकले बढेको छ । नेप्से ७२ दसमलव पाँच अंकले बढेर १२ सय ६० दसमलव ७५ अंकमा पुुग्दा सेन्सिटिभ पनि १५ दसमलव ६३ अंकले बढेर दुुई सय ७१ दसमलव ९२ अंकमा पुुगेको छ । नेप्से उच्च अंकले बढेपछि बजारलाई नियन्त्रणमा राख्न दुुई पटक सर्किट ब्रेक लगाईएको छ । आज एक सय ३४ कम्पनीहरुको दुुई हजार नौ सय १९ वटा कारोवारमा चार लाख ८९ हजार पाँच सय ३७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २२ करोड ७२ लाख १२ हजार एक सय ९४ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा होटल र सामुुहिक लगानी कोष समुहको घटेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ७३ दसमलव ७२ अंकले बढेर एक हजार ९० अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक ६५ दसमलव ६६ अंकले बढेर १६ सय ९० दसमलव ३३ अंकमा पुुगेको छ । जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन ।

कमाउने कम्पनीको सुचीमा नागरिक लगानी कोष पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।