• गृहपृष्ठ
  • आत्मनिर्भर हुन धान दिवस मनाइदै , चामलमै परनिर्भरता, आयात गरियो ३० अर्बको चामल

आत्मनिर्भर हुन धान दिवस मनाइदै , चामलमै परनिर्भरता, आयात गरियो ३० अर्बको चामल

Jun 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौं आसार १५

आज देशभर धान दिवस मनाइदै छ । सरकारले तामझामका साथ धान दिवस मनाइरहदा मुलुक भने चामल आयात गर्नुपर्ने अवस्थामा छ ।

धानमा आत्मनिर्भर हुन भन्दै हरेक बर्ष मनाइने यस दिवसमा आज पनि देशका विभिन्न भागमा रोपाइँ गरिएको छ । तर धानमै परनिर्भर रहेको तथ्यांकले सरकराका यस्ता प्रयासलाई गिज्याइरहेको छ ।

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ विभिन्न ठाउँमा १७ औं धान दिवस मनाइरहदा देशले भने ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले सो परिमाणको धान आयात गरेको हो । त्यस्तै आर्थिक वर्ष २०७५र७६ मा पनि करिब ३२ अर्बको धान र चामल आयात भएको थियो ।

यो वर्ष भएको कुल आयातमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ ।

सरकार भन्छ उत्पादन बढ्दो, तथ्यांक छ आयात बढेको

सरकार भने नेपालमा वर्षेनी धान उत्पादन बढिरहेको बताउँछ । तर चामल आयात पनि उत्तिकै बढ्दो छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार गएको पाँच वर्षमा धान उत्पादन १० प्रतिशतले बढेको छ।

गत वर्ष नेपालमा ५५ लाख टन धान उत्पादन भएको सरकारी तथ्यांक छ। यति धानबाट ३३ लाख टन चामल आउँछ।

गत आर्थिक वर्षमा भने मौसममा भएको प्रतिकुलताको कारण धानको उत्पादन कम भएको कृषि विकास मन्त्रालयको तथ्याङ्क छ । अघिल्लो वर्ष १२ महिनामा ३२ अर्ब रुपैयाँको आयात भएको धान यो वर्ष ११ महिनामै ३० अर्ब भन्दा माथि पुगेको छ ।

यसले यस वर्ष पनि विगतकै अवस्थाम आउने देखिन्छ । अझै यस वर्ष त कोराना भाइरसको महामारकिा कारण धान उत्पादन झन् घट्ने देखिएको छ ।

बीउबीजनको पयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात भने घटेको देखिएको छैन ।

मुलुकलाई धानमा आत्मनिर्भर बनाउन तथा भूमिलाई बाँझो रहन नदिन भन्दै २०६१ देखि असार १५लाई धान दिवसका रुपमा मनाइदै आएको छ। यता हामीले भने ११ महिनामा ६७ करोड २१ लाख किलो विदेशी धान तथा चामल काने भात खाएका छौं ।

यसमा पनि ४२ करोड २६ लाख किलो मसिनो तथा मिठो वास्नादार चामल रोजेका छौं । उपभोक्ताको रूची अनुरूपको चामल उत्पादन गर्न नसक्दा चामल आयात उल्लेख्य रूपमा आयात भएको सरकारी अधिकारीहरू नै बताउँछन्।

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का कार्यकारी निर्देशक दीपक भण्डारीका विचारमा मसिनो धानका जातको बिउ नार्कका वैज्ञानिकले उन्मोचन गरेपनि कृषकसम्म नपुग्दा त्यसको उपयोग हुन नसकेको हो ।

उनले नार्कले उत्पादन गरेको मध्यम मसिना जातको धानको बिउ कृषकसम्म पुर्याइदिएमा चामल आयत कम हुने वताए ।

अनुसन्धान र प्रसारको बिचमा समन्वय हुन नसक्दा तराईका अधिकांशले पुरानै बिउ तथा आयातित बिउले रोपाइँ गर्नुपरेको किसान आयोगका अध्यक्ष चित्र बहादुर केसी वताउँछन् ।

तराई क्षेत्रमा नार्कले उन्मोचन गरेको धानको जातको बिउ पुग्न नसकेको उनको भनाइ छ । ८० प्रतिशत व्यवसायिक रूपमा धान रोपिने क्षत्रमा धान उत्पादन बढाउन अनुसन्धान र प्रसारबीच समन्वय आवश्यक भएको उनको तर्क छ ।

कस्तो धान पाइन्छ नेपालमा

कृषि प्रधान देश मानिने नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको यागदान २६ प्रतिशत छ ।
कुल कृषि उत्पादनमा धानको योगदान २० प्रतिशत छ ।

नेपालमा हाल ८२ स्थानमा बिशेष रोग कीरा तथा प्राकृतिक बिषमता प्रतिरोधी उन्नत जातका धानहरु उन्मोचन र ४८ हाइब्रिड सूचीकृत भइसकेको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले जनाएको छ।

नार्कले लल्का वास्मति, शुद्धोदन कालानमक, सुधारिएको जेठा बुढो र खुमल–४, खुमल–८ र खुमल–१० कानानुनिया, हर्दिनाथ १ र हर्दिनाथ ३ हाइब्रिड मिठो मसिनो तथा बास्नादार धानको जात विकास गरेको छ।

धान विज्ञका अनुसार सिँचाईको राम्रो व्यवस्था हुने हो भने नेपालमा ६ देखि ७ लाख टन धान उत्पादन गर्न सकिन्छ । नेपालको कुल खेतीयोग्य भूभागको करिब ६५ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ ।