१२ दसमलव ८७ अंकले घट्यो नेप्से

Jun 29th, 2020

काठमाडौ, असार १५

आज सोमबार नेप्से १२ दसमलव ८७ अंकले घटेर ११ सय ८८ दसमलव ७० अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि चार दसमलव तीन अंकले घटेर दुुई सय ५६ दसमलव २९ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ३० वटा कम्पनीहरुको चार हजार आठ सय ६२ कारोवारमा नौ लाख ७० हजार ७६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ करोड ७७ लाख ७१ हजार आठ सय ३३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक घटेर तीन वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव २२ अंकले घटेर एक हजार १६ दसमलव २८ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक ६३ दसमलव छ अंकले घटेर १६ सय २४ दसमलव ६८ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, निर्जिवन बीमा, टे«डिङ, होटल, फाईनान्स, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । उत्पादनमुुलक समुहको सुचक भने आज एक सय दुई दसमलव ९८ अंकले बढेर २४ सय ९३ दसमलव ६३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि दुुई सय ३७ दसमलव ६२ अंकले बढेर छ हजार सात सय ४७ दसमलव सात अंकमा पुुगेको छ । अन्य समुहको सुचक पनि आज बढेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा नागरिक लगानी कोष परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा स्वालम्वन लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी कारोवार भएको रकमको आधारमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।