• गृहपृष्ठ
  • रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा ,बार्सिलोनासँग दुई अंकको अग्रता

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा ,बार्सिलोनासँग दुई अंकको अग्रता

Jun 29th, 2020

काठमाडौं, असार १५

रियल म्याड्रिडले स्पेनिस ला लिगामा दोस्रो स्थानको बार्सिलोनासँग दुई अंकको अग्रता
लिएको छ ।

गएराति भएको खेलमा रियल मड्रिडले इस्प्यान्योललाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रियल मड्रिडलाई जित दिलाउन कासेमिरोले गरेको गोल नै निर्णायक बन्न पुग्यो । कासेमिरोले ४५ मिनेटमा करिम बेन्जिमाको पासमा सो गोल गरेका हुन्। सोही खेल रियललाई स्पष्ट दुई अंकको अग्रता दिलाउन पर्याप्त रह्यो ।

जितसंगै रियल मड्रिडले ३२ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ ।

आइतबार राति भएका अरु खेलमा लेभान्टेले रियल बेटिसलाई ४–२, भिल्लारियलले भ्यालेन्सियालाई २–० तथा एइबरले ग्रानाडालाई २–१ ले पराजित गरेका छन् ।