• गृहपृष्ठ
  • तीन महिना देखि बन्द सेयर बजार आजबाट खुल्ला हुने

तीन महिना देखि बन्द सेयर बजार आजबाट खुल्ला हुने

Jun 29th, 2020

काठमाडौ, असार १५

धितोपत्र कारोवार आज सोमबारबाट खुल्ला हुुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात सेयर बजार खोल्ने निर्णय गरिएको हो ।

बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि चैत ११ गते देखि नै देशव्यापीरुपमा लक डाउन घोषणा गरेसंगै सेयर बजार अनिश्चितकालिन समयको लागि बन्द भएको थियो । यसबिचमा नेप्सेले बैशाख ३१ गतेदेखि दैनिक दुुई घण्टाको दरमा अर्थात ११ बजेदेखि एक बजेसम्म बजार खुल्ने निर्णय गरेको थियो । तर उक्त समय दुुई दिन नै बजारमा नेगेटिभ सर्किट ब्रेक लागेपछि बजार पुुन अनिश्चितकालिन समयको लागि बन्द भएको थियो । तर पछिल्लो समय भने सरकारले लकडाउनलाई केही खुुकुलो बनाएर दैनिक जीपनयापनलाई सहज बनाएसंगै धितोपत्र बोर्डले सेयर बजार खोल्न निर्देशन दिएपश्चात हामीले आवस्यक सम्पुुर्ण प्रकृया पुरा गरेर बजार खोल्ने निर्णय गरेका हौ, नेप्सेले भनेको छ ।

नेप्सेका अनुसार आजबाट धितोपत्र बजार दैनिकरुपमा ११ बजेदेखि तीन बजेसम्म खुल्ला हुुने छ । सर्किट ब्रेक, लगायतका अन्य व्यवस्था पुर्ववतरुपमा नै हुुने नेप्सेले जनाएको छ ।