• गृहपृष्ठ
  • सोमबार देखि सेयरबजार खोल्ने धितोपत्र बोर्डको तयारी, बजार घटेपनि आन्दोलन नगर्न सहमती

सोमबार देखि सेयरबजार खोल्ने धितोपत्र बोर्डको तयारी, बजार घटेपनि आन्दोलन नगर्न सहमती

Jun 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १४

लामो समयदेसख बन्द भएको सेयर बजार यो साता देखि खुल्ने भएको छ । सोमबारदेखि बजार खोल्ने धितोपत्र बोर्डको तयारी छ । साथै बजार घटबढ भएपनि आन्दोलन नगर्ने लगानीकर्ताले बोर्डसँग शुक्रबार प्रतिबद्धता जनाएका छन् ।

जेठमा बजार खोल्नका लागि बजार खुल्ने सिमा देखि सर्किट ब्रेकका समेत नियमहरु परिवर्तन भएका थिए । तर अब भने बजार पुरानै समयतालिका र सर्किट नियमअनुसार खुल्ने भएको छ ।

लकडाउनका समयमा दुई प्रतिशत भन्दा नेप्से परिसुचक घटबढ भएमा बजार गर्ने व्यवस्था गरिएको थियो । तर अब भने बजार पुरानै नियम अनुसार पहिलो घन्टामा चार प्रतिशतभन्दा बढिले घटबढ भएमा १५ मिनेट , १२ बजेपछि ५ प्रतिशत भन्दा बढिले घटबढ भएमा आधा घन्टा र ६ प्रतिशत भन्दा बढिले तलमाथि भएमा दिनभर बजार बन्द हुने व्यवस्था कायम गरिने भएको छ ।

साथै बजार पनि ११ बजेदेखि ४ बजेसम्म खुला राख्ने तयारी छ । यसअदिन लकडाउनको बिचमा खुलेको बजार दिनमा २ घन्टा मात्रै कारोबार हुन्थ्यो ।

बजार निरन्तर घटेपनि आन्दोलन नगर्ने भनेर शुक्रबार बोर्ड समक्ष लगानीकर्ताले समेत प्रतिबद्धता जनाएका छन् ।

लकडाउन सुरु भएपछि झन्डै दुई महिना बन्द भएको सेयर बजार जेठ ३० र ३१ गते खुलेको थियो । दिनमा २ घन्टा मात्रै कारोबार हुनेगरि खोलिएको सेयरबजारमा नेप्से परिसुचक दुई दिन निरन्तर २५ अकंले घटेपछि धितोपत्र बोर्डले नेप्सेलाई पुन बजार बन्द गर्न निर्देशन दियो । त्यसपछि बिस्तारै बजारमा चहलपहल बढ्यो, तर सेयरबजार भने बन्द नै रह्यो । यसपछि भने लगानीकर्ता तथा ब्रोकरले धितोपत्र बोर्डको आलोचना गर्न थाले ।

यसैबिच असार ६ गतेपछि पनि पुन बजार अनिश्चीत समयका लागि बन्द गर्ने निर्णय भएपछि बोर्डको चौतर्फि आलोचना भएको थियो । बजार तत्काल खोल्न नचाहने बोर्डले केहि दिन लम्ब्याउन र बजार के कसरी खोल्न सकिन्छ भनेर अध्ययन गर्नका लागि गत मंगलबार एक समिति गठन गर्याे । समितिले प्रतिबेदन तयार पारीसकेको छ तर बोर्डलाई भने अझै बुझाएको छैन । समितिले आगामी सोमबार देखि बजार खोल्नका लागि सुझाव दिएको छ ।

बजार निरन्तर बन्द भएपछि अर्थमन्त्रालयले समेत यसमा चासो राखेको थियो । त्यसपछि बोर्ड यसमा तातेको छ । तर अब लकडाउन भएपनि फेरी बजार गर्नु भने उचित हुँदैन ।