• गृहपृष्ठ
  • बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो

Jun 27th, 2020

काठमाडौं, असार १३

स्पेनिस ला लिग अन्तर्गत आज भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ।  शनिबार भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग २ – २ गोलको बराबरी खेल्दै एक एक अंक बाँढेको हो ।

खेलमा बार्सिलोनाका लुइस स्वारेजले दुई गोल गरे भने सेल्टा भिगोका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गरे ।

खेलमा पहिलो अग्रता भने बार्सिलोनाले नै लिएको थियो। २० औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै
बार्सिलोनालाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टाका लागि बराबरी गोल फर्काए ।

खेलको ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा आसपसले गोल गर्दै खेल  बराबरीमा ल्याए  । सेल्टासँग बराबरीमा रोकिए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बराबरीपछि बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ र पुन:शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलको रियलको ६८ अंक छ र लिगको दोश्रो स्थानमा छ ।