• गृहपृष्ठ
  • युभेन्टसद्वारा लेच्चे ४–० ले पराजित ,शीर्ष स्थानमा ७ अंकको अग्रता

युभेन्टसद्वारा लेच्चे ४–० ले पराजित ,शीर्ष स्थानमा ७ अंकको अग्रता

Jun 27th, 2020

काठमाडौं, असार १३

इटालियन सिरि ‘ए’ मा युभेन्ट्सले लेच्चेलाई पराजित गरेको छ। शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले लेच्चेलाई ४–० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले , पाब्लो डिबाला,गोन्जालो हिगुआइन र म्याथिस डि लिग्टले गोल गरेका हुन्। युभेन्टसले चारै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५३ औँ मिनेटमा युभेन्टसका पाब्लो डिबालाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ६१ औं मिनेटमा क्रिश्चियानो रोनाल्डोले युभेन्ट्सका लागि पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । लेच्चेका डिफेन्डरले रोनाल्डोलाई लडाएपछि युभेन्टसले पेनाल्टीको मौका पाएको थियो र त्यसमा रोनाल्डोले गोल गरेका हुन् । त्यसपछि खेलको ८३,८५ मिनेटमा क्रमशः गोन्जालो हिगुआइन र म्याथिस डि लिग्टले गोल गरे र जीत सुनिश्चित गरे ।त्यसपछि कुनै गोल हुन सकेन र युभेन्टसले जित निकालेका हो ।

जितसँगै युभेन्टसले लिगको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । युभेन्टसको २८ खेलबाट ६९ अंक छ । एक खेल कम खेलेको लाजियोको ६२ अंक सहित लिगको दोश्रो स्थानमा छ। तेश्रो स्थानमा रहेको इन्टर मिलानको ५८ अंक छ।